अनसन बसेका डा. केसीको स्वास्थ्य बिग्रिएपछि शिक्षण अस्पतालमा भर्ना

काठमाडौँ। गत २९ बैशाख देखि अनसन सुरु गरेका डा गोविन्द केसीको स्वास्थ्य बिग्रिएको छ । उनलाई बुधबार (हिजो) बेलुका महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

‘ग्लुकोजको मात्रा न्युन छ, किटोन बडी बनेको छ । पिसाव खुलेको छैन, मुटुको चालमा उतारचडाव छ । शरीर अत्यन्त शिथिल देखिएको छ,’ शिक्षण अस्पतालका निर्देशक प्राडा दिनेश काफ्लेले भने ।

‘डा सावले अनसन जारी रहेको भन्नु भएको छ । हामीले रगत जाँच गर्ने र मोनिटरमा हेर्ने काम भएको छ । पिसाव नभएको हुनाले फ्लुड चलाउनु पर्ने हुनसक्छ । नर्मल स्लाइन चलाउन पर्न सक्छ,’ डा काफ्लेले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजिनामासहित ४ बुँदे माग अघि सारेर पशुपतिको मृगस्थलिमा अनसन बसेका डा. केसीले अस्पताल आए पनि आफ्नो अनसन जारी रहेको बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *