नेप्सेमा १४.६७ अंकको गिरावट

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १४ दशमलब ६७ अंकले घटेर दुई हजार ६ सय १६ दशमलब ५८ विन्दुमा रोकिएको हो । आज २ अर्ब २७ करोड ४६ लाखको कारोबार भएको छ ।

आज कारोबार भएका ४६ वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् भने १४१ कम्पनीका लगानीकर्ताहरुले भने गुमाएका छन् । आज दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ६२५ दशमलब ९० रुपैयाँ पुगेको छ र इमर्जिङ नेपालको शेयरमूल्य आज ९ दशमलब ९९ प्रतिशतले बढेर प्रतिकित्ता ५१९ दशमलब ८० रुपैयाँ रहेको छ ।

शिवश्री हाइड्रोपावर, प्रभु लाइफ, मैलुङ खोला जलविद्युत कम्पनी, एभरेष्ट इन्स्योरेन्स र बिशाल बजार कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट रहेको छ । कम्पनीको शेयरमूल्य आज ३ प्रतिशत भन्दा बढीले घटेको छ । यो कम्पनीको आज १६ करोड २९ लाख भन्दा बढीको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *