प्रभु महालक्ष्मी लाइफको ३ लाख ५५ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा छ ।

कमपनीले आफ्ना सेयर धनीहरुको स्वामित्वमा रहेको ३ लाख कित्ता बढी संस्थापक सेयर आम सर्वसाधारणका लागि बिक्रीमा राखेको हो। कम्पनीले ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३ लाख ५५ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिइसक्नुपर्ने कमपनीले जनाएको छ । उक्त सेयर खरिद गर्न चाहने लगानीकर्ताले कमलादी काठमाण्डौमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *