जगदम्बा स्टिलका एक मजदुरको कार्यक्षेत्रमै मृत्यु

बारा । बाराको सिमरा स्थित जगदम्बा स्टिलमा कार्यरत एक मजदुरको ज्यान गएको छ । वीरगन्ज महानगरपालिका वडा नं ३१ का भुलन चौधरीको मंगलबार कार्यक्षेत्रमा ज्यान गएको छ ।

जगदम्बा स्टिलमा करिब ३ दशकदेखि कार्यरत मजदुर चौधरी काम गर्दा गर्दै एक्कासी ढलेका थिए ।

उपचारको क्रममा वीरगन्ज एल.एल न्युरो अस्पतालमा उनको मृत्यु भएको उद्योग प्रशासनले जानकारी दिएको छ । चौधरी उद्योगभित्र वर्कसपका काम गर्दै आएका थिए ।

चौधरीको मृत्युपछि उद्योग प्रशासनले मृतक परिवारलाई १० लाख क्षतिपूर्ति र ५० हजार क्रिया खर्च दिने सहमति भएको जनाईएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *