महुली लघुवित्त संस्थाको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन सोमवार

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा शेयरमा आवेदन दिने अन्तिम दिन सोमवार सम्म रहेको छ । कम्पनीले फागुन २३ गते देखि ५ हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।

विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक ब्याक्ति, फर्म कम्पनी संगठित संस्थाहरुले भोलि सोमवार अपरान्ह ३ बजेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू। ६५० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र पेश गर्दा ५०० कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर सख्याको लागि हद नलाग्ने कम्पनीले जानकारी दिएको छ । सोमवार सम्म भएका बोलपत्र मंगलवार बिहान ११ बजे विक्री प्रबन्धकको कार्यालयमा खाल्ने जानकारी दिएको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *