नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । नेपाल बैंक लिमिटेडले जेठ महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । वैशाख महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.७५ प्रतिशत रहेको बैंकको ब्याजदर जेठ महिनाका लागि पनि ६.७५ प्रतिशत नै कायम गरिएको छ । बैंकले जेठ महिनाका लागि ब्याजदर स्थिर राखेको छ ।

बैंकले जेठ महिनाका लागि व्यक्तिगततर्फ २ वर्षसम्मका लागि मुद्दती निक्षेपमा ५.७५ प्रतिशत र २ वर्षभन्दा माथिका लागि ६.७५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

त्यस्तै, संस्थागतर्फ पनि बैंकले ब्याजदर स्थिर नै कायम गरेको छ । जेठ महिनाका लागि बैंकको संस्थागततर्फको मुद्दतीको ब्याजदर ४.७५ प्रतिशत  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *