एनएलजी इन्स्योरेन्सले कमायो १३ करोड ६७ लाख नाफा, बीमा कोषमा २ अर्ब ६७ करोड

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

जस अनुसार कम्पनीको मुनाफासहित बीमा कोषको आकार पनि २५ प्रतिशतले वृद्धि भएर २ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।

तेस्रो त्रैमाससम्म कम्पनीको मुनाफा ३.२५ प्रतिशतले वृद्धि भई १३ करोड ६७ लाख रुपैयाँ पुगेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १३ करोड २४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन पनि बढेको छ । यस अवधिमा कम्पनीको यस्तो आर्जन गत आर्थिक वर्षको तुलनामा ८ दशमलव ४९ प्रतिशतले वृद्धि भई १ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको उक्त आर्जन १ अर्ब ६० करोड रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको स्पेसियल रिजर्भमा १ अर्ब ३१ करोड रुपैयाँ र रिटेण्ड अर्निङ्गमा १५ करोड ५७ लाख रुपैयाँ संचिती रहेको छ । कम्पनीले खुद बीमा दावी वापत २६ करोड ६६ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

त्यस्तै, कम्पनीको खुद बीमा शुल्क आर्जन पनि १ दशमलव ४० प्रतिशतले सामान्य रुपले वृद्धि भएर ५० करोड ५६ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा कम्पनीको  प्रतिशेयर आम्दानी १२.४९ रुपैयाँ पुगेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *