लक्ष्मी ग्रुपले सुरू गर्यो नेपालमै ह्युण्डाई गाडीको एसेम्बल

काठमाडौं । ह्युण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको एक सहायक कम्पनी “लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी)“ ले नेपालमै गाडीको एसेम्बल सुरु गरेको छ ।

शुक्रबारबाट रामग्राम, परासीमा ह्युण्डाई मोटर एसेम्बली प्लान्टको उद्घाटन सुरु गरेको प्रधानमन्त्री पुष्पकमल दाहाललाई उपस्थित गराएर भव्य उद्घाटन कार्यक्रम गरेको “लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी)ले ह्युण्डाईका गाडी नेपालमै एसेम्बल गर्ने भएको हो ।

उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ते यन्ग, हुन्डाई मोटर भारत लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत उन्सू किमलगायतको उपस्थितिमा लक्ष्मी ग्रुपले नेपालमै ह्युण्डाईका गाडी एसेम्बलको सुरुवात गरेको हो ।

कम्पनीको अनुसार ६५,००० वर्ग मिटरको क्षेत्रफलमा फैलिएको एलएमसी ह्युण्डाई मोटर एसेम्बली प्लान्टमा १४,००० वर्ग मिटरको भव्य निर्माण क्षेत्र रहेको छ । ५,००० इकाईको वार्षिक क्षमता भएको प्लान्टले नेपालभर ह्युण्डाई मोटर गाडी उत्पादनलाई तीव्रता दिने जनाएको छ ।

एचएमसीको प्राविधिक पर्यवेक्षणमा एलएमसीले निर्माण गरेको प्लान्टमा उत्पादित हरेक सवारी साधनमा कार्य सम्पादन, सुरक्षा र विश्वसनीयताका उच्चतम गुणस्तर सुनिश्चित हुने कम्पनीको भनाई रहेको छ ।

अहिले ह्युण्डाई गाडीको १६ शोरूम, १९ सेवा केन्द्र र नेपालभर ४५ भन्दा माथि चार्जिङ्ग प्वाइन्ट्ससहित लक्ष्मी इन्टरकन्टिनेन्टलले बजारमा विशेष पहुँच कायम राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *