


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६० करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष यसले ४९ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत वर्षको यसै अवधिको तुलनामा २२.२१ प्रतिशतले धेरै हो
कम्पनीले २९ अर्ब १२ करोड रुपैयाँ बराबरको खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष कम्पनीले २६ अर्ब ८४ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको थियो । यो गत वर्षको भन्दा ८.५० प्रतिशतले धेरै हो ।
कम्पनीले लगानी तथा कर्जाबाट १० अर्ब ९३ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यसले ९ अर्ब ९६ करोड रुपैयाँ आम्दानी गरेको थियो । यो गत वर्षको भन्दा ९.६५ प्रतिशतले धेरै हो ।
कम्पनीको कुल दावी भुक्तानी १३.०५ प्रतिशतले घटेर १० अर्ब ४० करोड रुपैयाँमा झरेको छ । गत वर्ष ११ अर्ब ९६ करोड रहेको थियो ।
हाल यस कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ । यसको रिटेन अर्निङमा २ अर्ब २९ करोड रुपैयाँ छ । कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ८९ अर्ब रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी बढेर ९ रुपैयाँ ८ पैसा कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ८ रुपैयाँ रहेको थियो ।
कम्पनीको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ६५ पैसा रहेको छ ।

अर्थ सन्जाल