एनआइसी एशिया लघुवित्तको खराब कर्जा ह्वात्तै बढ्यो, सतप्रतिशतले घट्यो मुनाफा

काठमाडौँ । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

जसअनुसार कम्पनीले १२ लाख ५५ हजार रुपैयाँ  नाफा आर्जन गरेको  छ । गत आर्थिक वर्षको सोेहि अवधिमा कम्पनीको मुनाफा २३ करोड २४ लाख ८१ हजार रुपैयाँ रहेको थियो । जुन ९९.४६ प्रतिशतले कमी हो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १९.२४ प्रतिशतले घटेर ६२ करोड ७२ लाख ९८ हजार रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद ब्याज आम्दानी  ७७ करोड ६७ लाख ६६ हजार रुपैयाँ थियो ।

कम्पनीको संचालन नाफा ३३ करोड ४३ लाख ७२ हजार रुपैयाँ रहेको छ भने  कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा २ करोड १८ लाख १३ हजार रुपैयाँ मात्र थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ, जगेडा कोष ८६ करोड ८० लाख रुपैयाँ, वितरणयोग्य नाफा ७१.१३ प्रतिशतले घटेर १९ करोड ४० लाख रुपैयाँ रहेको छ ।

कम्पनीको  खराब कर्जा ४.९१ प्रतिशतबाट ह्वातै  बढेर १३.५३ प्रतिशत पुगेको छ ।

त्यस्तै कम्पनीको  प्रतिशेयर आम्दानी १८ रुपैयाँबाट घटेर ०.१० रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६१.०६ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *