सेयर बजार अपडेट: दुई घन्टामा २४.६८ अंकले बढ्याे नेप्से

काठमाडौं । कारोबार खुलेको दुई घन्टाको अवधिमा सेयर बजार २४.६८ अंकले बढेकाे छ ।

यो समाचार तयार पार्दासम्म सेयर बजार कारोबार मापक नेप्से २४.६८ अंकले बढेर २७८५.५९ बिन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि १.७६ अंकले बढेर ४९७.८१ बिन्दुमा पुगेको छ ।

कारोबार खुलेको दुई घन्टाको अवधिमा ३२३ कम्पनीको २ करोड ६६ लाख ३१ हजार ७७० कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ४५ करोड ९४ लाख भन्दाबढी रुपैयाँ बराबरको कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *