आज पनि घट्यो सुनको मूल्य, यस्तो छ भाउ

आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार तोलाको ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९९ हजार २ सयमा कारोबार भएको छ ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ६ सयले नै घटेर ९८ हजार ७ सय रुपैयाँमा रहेको छ ।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १३ सय ७५ रुपैयाँमा घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८५ हजार ५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८४ हजार ६२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ७९ रुपैयाँ कायम गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *