स्वास्तिक र समाज लघुवित्त एकीकृत कारोबारको अन्तिम पर्खाइमा

स्वस्तिक लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त वित्तीय एकीकृत कारोबारको लागि अन्तिम पर्खाइमा रहेका छन् । स्वस्तिक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्णले मर्जर प्रक्रिया भाँडिएको भन्ने खबरमा सत्यता नभएको बताउँदै एकीकृत कारोबारको लागि अन्तिम पर्खाइमा रहेको जनाएका हुन् ।

राष्ट्र बैंकको नीतिअनुसार एकिकृत पश्चात बन्ने संस्थाको केन्द्रीय कार्यालय साविकको कुनै एक संस्थाको केन्द्रीय कार्यालय हुनुपर्ने व्यवस्था छ । जसका कारण दुवै संस्थाका अध्यक्षबीच एओयु संशोधनगरि मर्जर पश्चात बन्ने लघुवित्तको केन्द्रीय कार्यालय सिराहाको लहानमा राख्ने र एकिकृत पश्चात बन्ने संचालक समितिबाट स्वीकृत गराई आवश्यक प्रकृया पुरा गरी महोत्तरीको बर्दिबास केन्द्रीय कार्यालय हस्तानान्तरण गर्ने सहमतिका साथ सम्झौता संशोधन गरी नेपाल राष्ट्र बैंकमा पेश गरेएको थियो ।

सम्झौताउपर नेपाल राष्ट्र बैंकले आवश्यक कार्यवाही गरी दुवै संस्थालाई २०७७ फाल्गुणमा मर्जर प्रयोजनका लागी सैद्धान्तिक सहमति प्रदान गरेको थियो । सोही सहमतीको आधारमा दुवै संस्थाका संचालक समितिले २०७८ असारमा मर्जरको अन्तिम सम्झौतापत्र नेपाल राष्ट्र बैंकमा पेश गरिसकेको र एकिकृत कारोबारको अनुमतिपत्रको पर्खाईमा रहेको जानकारी स्वस्तिक लघुवित्तका सिईओ कर्णले जानकारी गराए ।

समाज लघुवित्तले भाद्र १७ गते मर्जर पश्चात बन्ने संस्थाको केन्द्रीय कार्यालय बर्दिबास नभई साविकको स्वस्तिक लघुवित्तको केन्द्रीय कार्यालय लहानमा राख्ने भएकोले स्वस्तिकसँग मर्जर गर्न असहमती रहेको व्यहोरा उल्लेख गरि मर्जर कार्य अगाडी बढाउन नसकिने सूचना जारी गरेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *