अर्घाखाँचीमा उपमेयर कप क्रिकेट प्रतियाेगिता

तेस्राे उपमेयर कप क्रिकेट प्रतियाेगिता जबाट जिल्ला सदरमुकाम सन्धिखर्कमा सुरु भएकाे छ । सन्धिखर्क नगरपालिका-१ मा रहेकाे टुँडिखेलमा सुरु भएकाे प्रतियाेगिताकाे सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालले उद्घाटन गरेका हुन् ।

अर्घाखाँची क्रिकेट संघकाे व्यवस्थापन र सन्धिखर्क नगरपालिकाकाे आयाेजनामा सुरु भएकाे प्रतियाेगितामा नगरभित्रका सबै वडाका खेलाडीहरूकाे सहभागिता छ ।

प्रतियाेगिताकाे उद्घाटन गर्दै नगरप्रमुख भुसालले खेलकुद क्षेत्रकाे विकास जहिले पनि आफ्नाे प्राथमिकतामा परेकाे बताए । खेल क्षत्रले नै अन्तर्राष्ट्रियस्तरमा नेपालकाे नाम चिनाएकाे बताउँदै भुसालले आगामी दिनमा देशकाे नाम उँचाे राख्न सक्नेगरि मेहनत गर्न आग्रह गरे ।

कार्यक्रममा नगर उपप्रमुख ठाकुर कुमार विकले आफुहरू जहिले पनि युवाहरूकाे साथमा रहेकाे बताउँदै दक्ष खेलाडी उत्पादन आफुहरूकाे प्राथमिकतामा रहेकाे बताए ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, नेपाली कांग्रेसका नगर अध्यक्ष बाबुराम भुुसाल, राष्ट्रिय जनमाेर्चाका नगर अध्यक्ष कमलप्रसाद घिमिरे, जनता समाजवादीका नेता पुष्करनाथ आचार्य, अर्घाखाँची चेम्वर अफ कमर्सका प्रवक्ता हरिप्रसाद भुसाल लगायतले मन्तव्य राखे ।

प्रतियाेगितामा प्रथम हुनेले ४० हजार र द्वितीय हुनेले २५ हजार प्राप्त गर्ने  कार्यक्रमकाे व्यवस्थापन गरिरहेकाे अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *