फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्बले बढेको छ । माघ २९ गतेसम्म बैंकहरुको निक्षेप ४३ खर्ब ११ अर्ब रहेकोमा फागुन मंसत अर्थात् फागुन ३० गते बैंकहरुको निक्षेप बढेर ४३ खर्ब ३३ अर्ब बढेको छ ।
फागुन महिना भर वाणिज्य बैंकहरुले १७ अर्ब कर्जा प्रवाह गरेका छन् । माघ २९ गते बैंकहरुको कर्जा ४१ खर्ब ५५ अर्ब रहेकोमा फागुन ३० गतेसम्म बैंकको कर्जा बढेर ४१ खर्ब ७२ अर्ब पुगेको छ ।
फागुन महिनामा बैंकहरुको सिडी रेसियो ९०.९९ प्रतिशत रहेको छ। फागुन महिनाको लागि ब्याज बढाएका बैंकहरुले चैत्र महिनाको लागि ब्याजदर स्थिर राखेका छन् ।






