राष्ट्र बैंकद्वारा ३ वाणिज्य बैंकमाथि कारवाही, हिमालयन बैंकलाई २ पटक जरिवाना

नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७७र७८ मा नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप अनिवार्य नगद मौज्दातरवैधानिक तरलता अनुपात कायम नगरेको भन्दै राष्ट्र बैंकको सुपरिवेक्षण विभागले कारवाही गरेको हो ।

विभागले बैंकलाई मात्र नभएर अध्यक्ष, संचालक र प्रमुख मार्यकारी अधिकृतसमेतलाई कारवाही गरेको व्यहोरा सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकको सुपरिवेक्षण विभागको सुपरिवेक्षण अनुसार नेपाल बंगलादेश बैंक, प्रभु बैंक र हिमालयन बैंकलाई नगद जरिवाना परेको हो । राष्ट्र बैंकका अनुसार नेपाल बंगलादेश बैंकलाई ३० हजार ३ सय २४ रुपैयाँ र प्रभु बैंकलाई २५ हजार ६ सय ९५ रुपैयाँ जरिवाना गरिएको हो। त्यस्तै हिमालयन बैंक २ पटक कारवाहीमा परेको छ । राष्ट्र बैंकले हिमालयन बैंकलाई पहिलो पटक १७ हजार १ सय २२ रुपैयाँ र दोस्रो पटक १२ हजार ८ सय ९९ रुपैयाँ नगद जरिवाना गरेको हो ।

त्यस्तै, राष्ट्र बैंकले यसअघि विभिन्न पाँचवटा फाइनान्स कम्पनीहरुलाई पनि कारवाही गरेको छ ।

राष्ट्र बैंकले फाइनान्स कम्पनीलाई कुल निक्षेपको पाँच प्रतिशत राष्ट्र बैंकमा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गरेकोमा सो नगरेकाले जरिवाना तिराएकाे हो ।

राष्ट्र बैंकले समृद्धि फाइनान्सलाई पहिलोपटक एक सय ३८ रुपैयाँ २७ पैसा, गुडवील फाइनान्सलाई भदौमा अनिवार्य मौज्दात कायम नपरेबापत दुई हजार आठ सय सात रुपैयाँ ९९ पैसा जरिवाना तिराइएको छ ।

त्यस्तै, सिटी एक्सप्रेस फाइनान्सलाई दुई लाख ५९ हजार सात सय ५१ रुपैयाँ, जानकी फाइनान्सलाई ३१ लाख ९२ हजार तीन सय आठ रुपैयाँ पर्याप्त विपन्न वर्ग कर्जा प्रवाह नगरेकाले जरिवाना तिराइएको छ ।

त्यस्तै, राष्ट्र बैंकले विपन्न वर्गको कर्जा पर्याप्त प्रवाह नगरेकोमा ललितपुर फाइनान्सलाई सात लाख ११ हजार (प्रथम त्रैमास),ललितपुर फाइनान्सलाई ६ लाख ६७ हजार (दोस्रो त्रैमास) र ललितपुर फाइनान्सलाई ६ लाख ७८ हजार (तेस्रो त्रैमास) जरिवाना गरेको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *