गुराँस लाइफइन्स्योरेन्सको अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न

यस गुराँस लाइफइन्स्योरेन्स कम्पनीलि. को राष्ट्रिय स्तरको अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सुन्दर पर्यटकीय स्थल पोखराको होटल ग्रान्डमा मिति २०७८÷११÷२२ गतेका दिनदेश भरिका करिव ४०० उत्कृष्ट अभिकर्ताहरुको संलग्नतामा सम्पन्न भयो ।

उक्त कार्यक्रमको सञ्चालन कम्पनीकाप्रशासन विभाग प्रमुख श्री बोध लाल पुरीबाट भई स्वागत मन्तब्य कम्पनीका पोखरा क्षेत्रिय प्रमुख श्री बाबुराम पौडेले दिएका थिए । कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत श्री स्मृति राज कण्डेलले अभिकर्ताहरुको आर्थिक स्तर कसरी उकास्न सकिन्छ र कम्पनीको व्यवसायलाई कसरी सवलबनाई बीमा क्षेत्रमा योग्दानगर्न सकिन्छ भनी प्रशिक्षण दिए ।

साथै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री विपिन कुमार लालज्यूले अभिकर्ताहरु बीमा क्षेत्रको मेरुदण्ड भएकाले देशको अर्थतन्त्रमथि उकास्न अभिकर्ताहरुले आफ्नो पेशालाई अझ परिस्कृत, वस्तु निष्ठ तथा व्यवसायिक बनाउन सल्लाह सुझाव तथा हौसला प्रदान गरे ।

उक्त कार्यक्रममाअभिकर्ताहरुलाई सकारात्मक उर्जा प्रदान तथा क्षमताअभिवृद्धी सम्बन्धि तालिम,उत्प्रेरक श्री सुदिप वस्नेतले प्रदान गरेका थिए । अभिकर्ताहरुले यस अभिकर्ता उत्प्रेरणा कार्यक्रममाप्राप्त गरेका ज्ञान, अनुभवलाई पेशामा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *