नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार सम्म रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत ७ गते एक दिन बुक क्लोज गर्ने भएकाले चैत ६ गते आइतवार सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले आव २०७७र७८ को नाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७३६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।
सभा होटल भिष्वा बीरगंज पर्सामा बिहान ९ बजे गर्ने जानकारी गराएको हो । सभाले हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसधारण शेयरको ६०.४० अनुपातलाई परिवर्तन गरि ५१.४९ प्रतिशत कायम गर्न संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्ताव पारित गर्नेछ ।






