प्रभु इन्स्योरेन्सले बोलायो साधारण सभा,यस्ता छन् एजेण्डा

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको ४३४ औँ बैठकले कम्पनीको २८ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो।  बैठकले आगामी वैशाख २० गते बिहिबार सभा आयोजना गर्ने निर्णय गरेको हो।

सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांस गरी कुल ५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। सभामा बीमा प्राधिकरणले तोके बमोजिम चुक्तापूँजी २ अर्ब ५० करोड पुर्याउन हकप्रद सेयर वा नियमानुसारको अन्य कुनै विकल्प भए सोहि बमोजिम हुने गरी बीमा प्राधिकरणको स्वीकृतीपश्चात सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई  पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

सभामा संस्थापक सेयरधनी समूह‘क’बाट २ जना, समूह ‘ख’बाट १ जना(कर्मचारी सञ्चय कोषबाट मनोनित) र साधारण समूह ‘ग’बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद ३ को निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।

यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।

वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कम्पनीले आगामी वैशाख ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकोले वैशाख ६ गतेसम्म कायम भएका सेयरधनीहरुले मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुन योग्य  हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *