एक वर्षमा ६१ हजारभन्दा बढी अपराध दर्ता, सबैभन्दा धेरै बैंकिङ कसुरका मुद्दा

काठमाडौँ। नेपाल प्रहरीमा आर्थिक वर्ष २०८२/८३ मा देशभर ६१ हजार १६ वटा अपराधका घटना दर्ता भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा धेरै बैंकिङ कसुरसँग सम्बन्धित १२ हजार ९५० वटा जाहेरी दर्ता भएका छन्।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले सबैभन्दा बढी अपराधका घटना काठमाडौँ उपत्यकामा दर्ता भएको जानकारी दिए। उपत्यकामा मात्रै १५ हजार २९७ अपराधका घटना दर्ता भएका छन्।

प्रहरीका अनुसार काठमाडौँ उपत्यकामा बैंकिङ कसुरका ६ हजार २२ वटा जाहेरी दर्ता भएका छन् भने कर्णाली प्रदेशमा ३५५ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *