


काठमाडौं। मनकामना स्मार्ट लघुवित्त संस्था लिमिटेडको वार्षिक साधारण सभा बिहीबार चैत २९ गते बस्दैछ ।
लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने जनाएको छ । जसअनुसार यसवर्ष सेयरधनीहरुको हात खाली रहने छ । यसैगरी यो संस्थालाई समता घरेलु लघुवित्तले प्राप्ति गर्ने तयारीमा छ ।
गत भदौमा यी दुवै संस्थाबीच प्राप्ति सम्बन्धी समझदारी भइसकेको छ । कम्पनीले चैत १६ गते बुक क्लोज गरिसकेको छ । चैत १५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सन्नेछन् । सभा, होटल पौवा सिद्धार्थनगर–६, रुपन्देहीमा हुनेछ ।
Artha Sanjal

अर्थ सन्जाल