तिहारमा पनि खुल्ने कृषि विकास बैंकका शाखा , कुन दिन कहाँबाट पाइन्छ सेवा?

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले २०८३ सालको तिहार अर्थात् शुभ दीपावलीको अवसरमा सार्वजनिक बिदाका दिन पनि ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउने भएको छ।

बैंकले कात्तिक २३, २४ र २६ गते विभिन्न प्रदेशका शाखा कार्यालय सञ्चालनमा राख्ने जनाएको छ। बैंकका अनुसार उक्त दिन बिहान ९ बजेदेखि दिउँसो १:३० बजेसम्म ग्राहकले बैंकिङ सेवा लिन सक्नेछन्।

बैंकले सार्वजनिक गरेको सूचनाअनुसार कात्तिक २३ गते कोशी प्रदेशका तिनपैनी, धरान र दमक शाखा खुला रहनेछन्। मधेश प्रदेशका गौशाला, शिवचोक र गोलबजार तथा वीरगञ्ज क्षेत्रीय कार्यालयअन्तर्गत वीरगञ्ज, चन्द्रनिगाहपुर र बरहथवा शाखाबाट सेवा उपलब्ध हुनेछ।

त्यस्तै, बागमती प्रदेशका त्रिपुरेश्वर, दूधपाटी, टाँडी र कान्तिराजपथ, गण्डकी प्रदेशका चाउथे र हुवास तथा लुम्बिनी प्रदेशका बुटवल, भैरहवा, तौलिहवा, लमही र घोराही शाखा सञ्चालनमा रहनेछन्। कर्णाली प्रदेशका एरीचोक र जुम्ला, सुदूरपश्चिमका अत्तरिया र महेन्द्रनगर तथा कर्पोरेट शाखा रामशाहपथ पनि खुला रहने बैंकले जनाएको छ।

यसैगरी, कात्तिक २४ गते कोशी प्रदेशका विराटनगर, इटहरी र भद्रपुर तथा मधेश प्रदेशका रामानन्दचोक, बर्दिबास, मिर्चैया, कल्याणपुर, गौर र कलैया शाखा सञ्चालनमा रहनेछन्।

बागमती प्रदेशको जोरपाटी, भरतपुर क्षेत्रीय कार्यालयअन्तर्गत नारायणगढ, गण्डकी प्रदेशका तालचोक (गगनगौंडा) र स्याङ्जा शाखाबाट सेवा प्रदान गरिनेछ।

त्यस दिन लुम्बिनी प्रदेशका खस्यौली र सिद्धार्थनगर, लुम्बिनी प्रदेश क्षेत्रीय कार्यालयअन्तर्गत नारायणपुर र कोहलपुर, कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको क्याम्पसरोड शाखा पनि खुला रहनेछन्।

त्यस्तै, कात्तिक २६ गते कोशी प्रदेशका कञ्चनबारी, बितामोड र इनरुवा तथा मधेश प्रदेशका जलेश्वर, लहान, पानीट्यांकी, सिमरा, कोहल्वी र नवलपुर शाखा सञ्चालनमा रहनेछन्।

बागमती प्रदेशका मङ्गलबजार, कालिमाटी, बनेपा, डकाहा र छहरे तथा भरतपुर क्षेत्रीय कार्यालयअन्तर्गत भरतपुर शाखाबाट सेवा उपलब्ध हुनेछ।

यसैगरी, गण्डकी प्रदेशको बगर, लुम्बिनी प्रदेशका बुटवल, भैरहवा, परासी, घोराही, घम्बोझी र तुलसीपुर शाखा खुला रहनेछन्। कर्णाली प्रदेशका सुर्खेत र जुम्ला, सुदूरपश्चिम प्रदेशको धनगढी तथा कर्पोरेट शाखा रामशाहपथबाट समेत बैंकिङ सेवा उपलब्ध हुने बैंकले जनाएको छ।

तिहारको सार्वजनिक बिदाका कारण ग्राहकलाई बैंकिङ कारोबारमा असुविधा नहोस् भन्ने उद्देश्यले शाखा सञ्चालनको व्यवस्था गरिएको बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *