काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्नेक्रम रोकिएको छैन । बुधबार सुनको मूल्यमा नयाँ इतिहास कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघअनुसार बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर १ लाख ३६ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार १५० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि मंगलबार तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो ।
यता, आज चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य प्रतितोला १५ रुपैयाँ बढेर १७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।




