सगरमाथा लुम्बिनी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य २७५ रुपैयाँ

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको  स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकको स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १ लाख १४ हजार ६१२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको हो ।
विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको यो सेयरको न्यूनतम मूल्य २७५ रुपैयाँ निर्धारण गरिएको छ । लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले  कुमारी क्यापिटल वा टंगालमा  के–कति दरमा खरिद गर्न चाहेको हो उल्लेख गरी आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि आगामी जेठ १ गतेसम्म आवेदन दिनुपर्नेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *