काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले भुक्तानी लिन बाँकी रहेको नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । गरिमा विकास बैंकमा गाभिएका साविकका शुभेच्छा विकास बैंक,निलगिरी विकास बैंक र सहारा विकास बैंकको साधारण सभाबाट पारित भएको आव २०७४र७५ सम्मको नगद लाभांश बुझिलिन बैंकले आग्रह गरेको हो ।
सेयरधनीहरुलाई बैंकको सेयर रजिष्ट्रार एनआईएमबि एस क्यापिटल लिमिटेड,लाजिम्पाटमा सम्पर्क गरी भुक्तानी लिन बाँकी रहेको नगद लाभांश बुझिलिन बैंकले सूचित गरेको छ ।
सूचना प्रकाशित भएको ३५ दिनभित्र नगद लाभांश बुझिलिन नआएमा उक्त अवधिसम्मको बाँकी नगद लाभांश रकम कम्पनी ऐन २०६३ को दफा १८२ को उपदफा ९ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।







