‘सहकारी ठगी प्रकारणमा गृहमन्त्री लामिछानेविरुद्ध संसदीय समिति बनाउन प्रधानमन्त्री तयार’

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल गृहमन्त्री रवि लामिछानेबारे कांग्रेसले माग गरेको संसदीय छानबिन समिति बनाउन तयार भएको बताएका छन् ।

राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका नेता खतिवडाले संचारमाध्यमसँग कुरा गर्दै प्रधानमन्त्री दाहाल गृहमन्त्री लामिछानेविरुद्ध संसदीय छानबिन समिति बनाउन तयार भएको बताएका हुन् ।

यधपि, एमाले अध्यक्ष केपी शर्मा ओलीले भने कुनैपनि हालतमा समिति बनाउन नसकिने धारणा राखेको खतिवडाको भनाई छ । ‘आजको छलफलमा प्रधानमन्त्रीज्यूले छानबिन समिति बनाउन लचकता देखाउनुभयो।’ उनले भने,

कांग्रेसले गृहमन्त्री लामिछानेमाथि सहकारी ठगेको आरोप लागेको भन्दै संसदीय छानबिन समितिको माग राखेर आन्दोलन गरिरहेको छ। समिति नबाएसम्म सदन चल्न नदिने कांग्रेसको अडान कायमै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *