


काठमाडौँ । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा नव आरम्भ योजना सार्वजनिक गरेको छ। बजाजले नयाँ वर्षमा ग्राहकहरूलाई विभिन्न आकर्षक छुट, उपहार र सुविधाहरू प्रदान गर्ने योजना ल्याएको बताएको छ।
बजाजको नव आरम्भ योजना अन्तर्गत ग्राहकहरूले बजाजका कुनै पनि बाइक किन्दा आकर्षक छुट पाउनेछन् भने भाग्यशाली विजेताहरूले १ लाख रूपैयाँसम्मको नगद उपहार पनि जित्न सक्नेछन्।
त्यसका साथै ग्राहकहरूले ३६ महिनाको इएमआई अफरमा पनि बजाज बाइक खरिद गर्न पाउनेछन्। जसमा ग्राहकलाई किस्ताको रकम धेरै कम आउने कम्पनीको भनाइ छ।
त्यसैगरी कम्पनीले ३० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्ने विकल्प पनि ग्राहकहरूसँग उपलब्ध हुने बताएकोछ।
Artha Sanjal

अर्थ सन्जाल