सिटिजन लाइफ इन्स्योरेन्स स्वयंम्भू शाखाले राख्यो नयाँ रेकर्ड: एकै दिन १४३ वटा बीमा पोलीसी बिक्री

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले बीमा बिक्रीलाई सशक्त बनाउन ‘मिसन एक्टिभ अभियान’ सञ्चालन गरिरहेको छ । यो अभियान अन्तर्गत हरेक शाखाबाट तोकिएको मितिमा एकैदिन १०० भन्दा बढी पोलिसी बिक्री तथा धेरैभन्दा धेरै अभिकर्तालाई एक्टिभ गराउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

पछिल्लो समय देशभरका हरेक व्यापार–व्यवसायमा मन्दीको प्रभाव देखिएको छ । आर्थिक मन्दिका कारण बजार सुनसान छ । व्यापारिक सटरहरु धमाधम बन्द भइरहेका छन् । यसको असर बीमा क्षेत्र पनि परिरहेको छ । यस्तो जटिल परिवेशमा पनि सिटिजन लाइफ इन्स्योरेन्सले सञ्चालन गरेको मिसन एक्टिभ अभियान सफल बनेको कम्पनीका दाबी छ । कम्पनीले उल्लेखनीय व्यापार गर्न सफल भइरहेको जनाएको छ ।

यो अभियान चैत्र महिनाभर चल्नेछ । उक्त शाखाले चैत्र २३ गते एकै दिन १४३ वटा बीमा पोलेसी बिक्री गरेको छ । यो जीवन बीमाको ईतिहासमा पहिलो घटना भएको कम्पनीको दाबी छ । साथै कम्पनीले ७५ जना नयाँ पुराना अभिकर्ताहरुलाई पनि एक्टिभ बनाएको जानकारी दिएको छ ।

स्वयम्भू शाखाले यो अभियानको लागि चैत्र २७ गतेको मिति तय गरे पनि आफ्नो लक्ष्य पाँच दिन अगाडि नै पूरा गरेको शाखा प्रमुख कल्पना कार्कीले जानकारी दिइन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *