आईपीएलमा आज चेन्नई र कोलकाता भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदै छ। चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरु हुने छ।

जारी आईपीएलमा चेन्नईले ४ खेलमा २ जित र २ हार बेहोरेको छ भने कोलकाताले अपराजित रहँदै तीन खेल लगातार जितेको छ।

यस सिजनमा महेन्द्र सिंह धोनीले चेन्नईको कप्तानी छोडेपछि रुतुराज गायकवाडले कप्तानी गर्दै छन्। त्यस्तै कोलकाता श्रेयस अय्यरको कप्तानीमा आईपीएल खेल्दै छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *