बैतडी । कुमारी बैंक लिमिटेडले मेलौली शाखा अन्तर्गत मेलौली-४ मा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । जिल्लााको मेलौली नगरपालिका वडा नं-४ तितावैमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।
आज एक कार्यक्रमका विच शाखा रहित बैंकिङ्ग सेवा केन्द्रको उद्घाटन मेलौली नगरपालिकाका नगर प्रमुख भीम बहादुर चन्दले गर्नुभएको छ। स्थानीय व्यापारिक, समुदाय, वासिन्दा, बैंकका कर्मचारीको उपस्थितिमा संयुक्त रूपमा एक समारोह बीच शाखा रहित बैंकिङ्ग सेवा उद्घाटन सम्पन्न गरेका हुन ।
शाखा रहित बैंकिङ्ग सेवा केन्द्रमार्फत ग्रामीण क्षेत्रका जनताले सहज रुपमा आधारभुत बैंकिङ्ग सेवा प्राप्त गर्ने मेलौली शाखा प्रबन्धक नरेन्द्र साँउदले जानकारी दिए ।
Artha Sanjal






