नबिल बैंक बन्यो फारवेष्ट कर्पोरेट क्रीकेट लिगको च्याम्पियन

काठमाडाैं। स्टार प्रोडेक्सनले आयोजना गरेको फारवेष्ट कर्पोरेट क्रीकेट लिगमा ३५ रनको ट्रागेट दिएको साधारण स्कुललाई नबिल बैंकले ४ विकेटको जित निकाल्दै प्रतियोगिताको च्याम्पियन बनेको छ ।

स्टार प्रोडेक्सनको आयोजना र हेल्पिङ ग्रुपको सहकार्यमा फागुन १२ गते सञ्चालन भएको “फारवेष्ट कर्पोरेट क्रीकेट कप २०२४” एक कार्यक्रमका साथ भब्यताका साथ सम्पन्न भएको छ ।

च्याम्पियन टिम नबिल बैंकले ८१ हजार ट्रफी प्रमाणपत्र मेडल हात पारेको छ। महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कुल महेन्द्रनगरले ४१ हजार ट्रफी प्रमाणपत्र मेडल हात पार्दै उपविजेता बनेको छ।प्रतियोगितामा २१ टिम सहभागी रहेका थिए । भने प्रतियोगितामा टिम दर्ता शुल्क १५ हजार रहेको थियो ।

संयोजक दिनेश राज भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरपालिका मेयर पदम बहादुर बोगटी विशिष्ट अतिथिमा उपमेयर निलम लेखक जोशी लगायत विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिहरु को सहभागीता रहेको थियो ।

साधारण माविका वसन्त भट्ट धेरै छक्क हान्ने खेलाडी घोषित भएका छन् उनले २ हजार ट्रफी हात पारेको छ । उत्कृष्ट बोलर एन एमबी बैकंका चेत प्रसाद जोशी, उत्कृष्ट ब्याटस म्यान एन एम बि का आशिष् बम, प्रतियोगिताको म्यान अफ द सिरिज सुदूरपश्चिम विश्वविद्यालयका प्रदिप तिवारीले हात पारेका छ्न् । फाइनल खेलका म्यन अफ द म्याच नबिल बैंक का निरज भट्ट घोषित भएका थिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *