आन्तरिक राजश्व विभागले एक महिनामा २८ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको फागुन महिनामा २८ अर्ब ३७ करोड ९५ लाख २८ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
विभागका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आयकर भ्याट र अन्तशुल्क शीर्षकबाट २८ अर्ब ७२ करोड ५८ लाख ५० हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ९८.७९ प्रतिशत राजस्व संकलन गरेको हो ।
अवधिमा विभागले आयकर शीर्षकबाट ८ अर्ब ४२ करोड १३ लाख ६० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १० अर्ब २९ करोड १३ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । घरबहाल कर शीर्षकबाट २६ करोड ४४ लाख ४० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १८ करोड ७७ लाख १२ हजार रुपैयाँ संकलन गरेको विभागले जनाएको छ । ब्याजबाट ९९ करोड ४८ लाख ५६ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा ७६ करोड २२ लाख ५९हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
भ्याटबाट ९ अर्ब ९८ करोड ४४ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसबाट ८ अर्ब ३४ करोड २५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । अन्तशुल्क शीर्षकबाट ८ अर्ब ६५ करोड ६० लाख ४० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ८ अर्ब २१ करोड २७ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गरेको तथ्याङकमा उल्लेख छ ।
विभागले स्वास्थ्य सेवा शीर्षकबाट ३१ करोड ४३ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । ४७ करोड ८१ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । विभागले शिक्षा शीर्षकबाट लक्ष्यभन्दा ११६।०७ प्रतिशतले राजस्व संकलन गरेको छ । अवधिमा शिक्षा शीर्षकबाट ९ करोड २ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १० करोड ४८ लाख ६ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
विभागले आठ महिनामा २ खर्ब ८५ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ । विभागको उक्त तथ्याङक अनुसार चालु आर्थिक वर्षको आठ महिनामा २ खर्ब ८५ अर्ब १७ करोड ८० लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
विभागका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आयकर भ्याट र अन्तशुल्क शीर्षकबाट ३ खर्ब ४ अर्ब ४८ करोड ४३ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ९३.६६ प्रतिशत मात्र राजस्व संकलन गरेको हो ।
सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आयकरबाट १ अर्ब ३० अर्ब ६८ करोड ७९ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । १ अर्ब २८ अर्ब ७९ करोड ३८ लाख ४० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । घरबहाल करबाट २ अर्ब ५७ करोड १४ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १ अर्ब ८७ करोड २१ लाख ३३ हजार रुपैयाँ संकलन गरेको तथ्याङकमा उल्लेख छ ।
ब्याजबाट २४ अर्ब १९ करोड ६७ लाख ७१ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य बुजेको थियो । १६ अर्ब ९३ करोड ४३ लाख ३ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
विभागका अनुसार सरकारले भ्याटबाट ८० अर्ब ४६ करोड ४९ लाख ८६ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ७० अर्ब ६६ करोड २ लाख ३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । लक्ष्य अनुसार ८७.८१ प्रतिशत राजस्व संकलन गरेको हो ।
अन्तशुल्क शीर्षकबाट यस अवधिमा सरकारले ६३ अर्ब ८१ करोड ३७ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ६२ अर्ब ४४ करोड ८३ लाख ६६ हजार रुपैयाँ संकलन गरेको तथ्याङकमा जनाएको छ ।
विभागका अनुसार सरकारले स्वास्थ्य सेवा शीर्षकबाट २ अर्ब ६ करोड ३१ लाख १३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो । ३ अर्ब ९९ करोड ६३ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन रहेको छ ।
सरकारले फागुन मसान्तसम्म शिक्षाबाट ६८ करोड ६२ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ४७ करोड २८ लाख ३१ हजार रुपैयाँ राजस्व संकलनमा रहेको छ ।






