रवि लामिछानेलाई गगनको प्रश्न – तपाईं आँफै मुछिनु भएको सहकारी ठगीको अनुसन्धान कसरी हुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमामाथि निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै महामन्त्री थापाले सहकारी पीडितहरूले न्याय पानुपर्ने बताएका हुन् ।

उनले सहकारी सहकारी ठगी प्रकरणमा निष्पक्ष अनुसन्धान हुनेमा विश्वस्त हुन सक्ने आधार नरहेको भन्दै आशंका समेत व्यक्त गरेका छन् । उनलेले सहकारी ठगीमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेतृत्वको प्रहरी प्रशासनबाट त्यसको निष्पक्ष अनुसन्धान हुन्छ भनेर पत्याउन नसकिने बताए । ‘जीबी राई लगायतको समूह छ जसमा दिपेश पुनलाई अहिले पक्राउ गरेर बुटवल लागिएको छ । यो समूहले अर्बौ रुपैयाँ अपचलन गरेको छ । र त्यसमध्येको सबैभन्दा ठूलो पैसा ग्यालेक्सी टेलिभिजनमा गएको छ । र मैले थाहा पाएसम्म अरू थुप्रै शक्तिशाली नेताहरूको पनि नाम आउँछ । यदि राम्रोसँग अनुसन्धान हुने हो भने । त्यसैले अहिलेको प्रहरी प्रशासनले नियमित अनुसन्धान गर्न सक्छ भन्ने कुरा कसरी पत्याउने ? हाम्रो यत्ति नै मात्र माग हो । सहकारीमा जसले ठगी गरेको छ । निष्पक्ष ढंगले अनुसन्धान होस् । कुनै एउटा प्रमाण नास नहोस् । प्रहरीलाई पीडितहरुले जम्मा गरेर प्रमाण दिएका छन् । एउटा पनि प्रमाण नास नहोस् । जो मुछिएको छ ऊ आफैंले अनुसन्धान गर्छ भनेर हामीले कसरी पत्याउने ? प्रधानमन्त्रीबाट हामीलाई जवाफ चाहिएको छ ।’

सांसद थापाले रवि लामिछानेले पोखराको सूर्यदर्शन सहकारीबाट गैरकानुनी ढंगबाट एक करोड समेत दाबी गरेका छन् । उनी भन्छन्, ‘केही सहकारीहरूले लुटपाट मच्चाउँदा अहिले ती मान्छेहरू सडकमा आईपुगेका छन् । विचलित भएका छन् । यीनै सहकारी मध्येको एउटा सहकारी हो पोखराको सूर्यदर्शन सहकारी । करिब १९ हजार मानिसको एक अर्ब ३५ करोडभन्दा बढी पैसा त्यहाँनेर अपचलनमा परेको छ । पोखरा महानगरपालिकाले अध्ययन गर्यो । अध्ययनको ८९ पेजको रिपोर्ट निकाल्यो । सय जना मानिसले नक्कली खाता खोलेर करिब १ अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेका छन् । त्यो रिपोर्टको ७८ पृष्ठमा यसरी नक्कली खाता खोल्ने मानिसहरु मध्येको एउटा नाम हो रवि लामिछाने । माननीय गृहमन्त्री रवि लामिछाने माननीय हुनुहुन्छ । भोलि प्रधानमन्त्री बन्नुहोला शुभकामना छ । बन्न पनि सक्नुहुन्छ । अलग विषय हो ।

रवि लामिछानेले एक करोड लिनुभएको छ । सहकारीको सदस्य हुनुहुन्न । हाम्रो कानुनको दफा ५० ले भन्छ यो गैरकानुनी छ । मैले उहाँको स्पस्टीकरण सुनेँ । तीन मिनेट विस सेकेन्डको थियो । मैले पढे पनि । स्पष्टीकरणमा भनिएको छ कसैले मेरो नाम लग्यो होला मलाई थाहा छैन । यदि यस्तै मान्ने हो भने सम्माननीय महोदय सय जना मानिसको रिपोर्ट पढेँ । सय जनाले एक अर्ब रुपैयाँ लिएको प्रकृति यही हो । कसैको धितो छैन । कोही सहकारीको सदस्य होइन । कुनै प्रक्रिया पुर्याइएको छैन । एक अर्ब झ्वाम ।’

एक जनालाई छोडिदिने हो भने सबैलाई छोड्नुपर्ने अवस्था आउने समेत उनले बताए । ‘एउटा सहकारीको मात्र छोडेर हुँदैन । सबै सहकारीलाई छोड्नुपर्छ । सरकार यो गर्न तयार हो ?’ उनले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।

सदनमा गगन थापाले के-के भने ?

केही समय अगाडि प्रतिपक्ष ठाउँबाट नेकपा एमालेले सदनमा एउटा विषय जोडदार ढंगले उठायो सुनको प्रकरणमा शक्तिशाली मानिसहरू संलग्न भएका छन् त्यसैले प्रहरीको नियमित अनुसन्धानबाट उनीहरूमाथिको छानबिन सहि टुंगोमा पुग्न सक्दैन शक्तिशाली नेताहरूलाई लुकाउने प्रपञ्च गरिएको रहेछ भन्ने तत्कालिन प्रतिपक्षको आशंका सही साबित भयो । आयोगले प्रतिवेदन बुझाएको छ । भर्खरै हामीले समाचार सुनेको कृष्णबहादुर महरा पक्राउ पर्नुभयो । सरकारलाई धन्यवाद छ । आयोगले किटान गरेको एउटा पनि मान्छे छुट्नु हुन्न । यसमा सरकारलाई हाम्रो पूर्ण साथ रहन्छ । तलमाथि भयो भने सरकारलाई प्रश्न गर्ने हाम्रो भूमिका छ ।

तर यसले सँगसँगै हामीलाई एउटा कुरा सिकाएको छ । त्यो बेलामा नेकपा एमालेले प्रतिपक्षको ठाउँबाट यो विषयलाई जोडदार ढंगबाट नउठाएको भए आयोग नबन्ने रहेछ । आयोग नबनेको भएको सुन फासफुस हुने रहेछ । आज प्रतिपक्षको ठाउँमा हामीहरू छौं । र यो प्रतिपक्षको ठाउँबाट आज यस्तै अर्को विषय नउठाउने हो भने अर्को एउटा काण्ड फासफुस हुने खतरा देखिएको छ ।

पशुपतिको अगाडि चिया पसल गरेर बस्ने हरिकृष्ण डंगोल मेरो निर्वाचन मतदाता हुन् । गएको केही महिना लगातार मेरो घरमा आए ।अक्षता भन्ने बौद्धको सहकारीमा ६० लाख रुपैयाँ पैसा राखेका रहेछन् । यो सहकारी डुब्दै छ भनेर थाहा पाइसकेपछि उनले मलाई बिन्ती गरे । मेरो कर्तव्य थियो । मैले धेरै पछ्याए । बल्लबल्ल त्यो सहकारीका सञ्चालकसँग मेरो फोनमा कुराकानी भयो । जग्गामा लगानी गरेको छु दिन्छु भने, भोलि टाप कस्यो, फरार छ । मेरो घरको ठिक अगाडि लालबाबु राउत भन्ने रौतहटको एउटा मुसलमानको परिवार छ । साहना लाज भन्ने चलाएर बसेका छन् । जीबी राईको स्वर्णलक्ष्मी सहकारीमा ९० लाख रुपैयाँ जम्मा गरेका श्रीमान श्रीमती दिनरात मकहाँ आएर रुन्थे । उनीहरूको समूह आए जीबी राईलाई हामीले पछ्यायौं पछ्यायौं । एक पटक सम्पर्क भयो कम्पनीमा लगानी गरेका छौं, फर्काउँछौं भने अहिले तिनी कहाँ छन् थाहा छैन ।

यो प्रतिनिधिमुलक २ वटा पात्र मात्र कुरा होइन यस्ता हजारौं संख्यामा मानिसहरू छन् । साना साना काम गरेका मानिअसहरू छन् । तीनले जम्मा गरेको अर्बौं रुपैयाँ पैसा यति धेरै हिनामिना भएका छन् । केही सहकारीहरूले लुटपाट मच्चाउँदा अहिले ती मान्छेहरू सडकमा आईपुगेका छन् । विचलित भएका छन् । यीनै सहकारी मध्येको एउटा सहकारी हो पोखराको सूर्यदर्शन सहकारी । करिब १९ हजार मानिसको एक अर्ब ३५ करोडभन्दा बढी पैसा त्यहाँनेर अपचलनमा परेको छ । पोखरा महानगरपालिकाले अध्ययन गर्यो । अध्ययनको ८९ पेजको रिपोर्ट निकाल्यो । सय जना मानिसले नक्कली खाता खोलेर करिब १ अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेका छन् । त्यो रिपोर्टको ७८ पृष्ठमा यसरी नक्कली खाता खोल्ने मानिसहरु मध्येको एउटा नाम हो रवि लामिछाने । माननीय गृहमन्त्री रवि लामिछाने माननीय हुनुहुन्छ । भोलि प्रधानमन्त्री बन्नुहोला शुभकामना छ । बन्न पनि सक्नुहुन्छ । अलग विषय हो ।

रवि लामिछानेले एक करोड लिनुभएको छ । सहकारीको सदस्य हुनुहुन्न । हाम्रो कानुनको दफा ५० ले भन्छ यो गैरकानुनी छ । मैले उहाँको स्पस्टीकरण सुनेँ । तीन मिनेट विस सेकेन्डको थियो । मैले पढे पनि । स्पष्टीकरणमा भनिएको छ कसैले मेरो नाम लग्यो होला मलाई थाहा छैन । यदि यस्तै मान्ने हो भने सम्माननीय महोदय सय जना मानिसको रिपोर्ट पढेँ । सय जनाले एक अर्ब रुपैयाँ लिएको प्रकृति यही हो । कसैको धितो छैन । कोही सहकारीको सदस्य होइन । कुनै प्रक्रिया पुर्याइएको छैन । एक अर्ब झ्वाम । यसरी एक जनालाई छोडिदिने हो भने सबैलाई छोड्नुपर्ने अवस्था आउँछ । एउटा सहकारीको मात्र छोडेर हुँदैन । सबै सहकारीकालाई छोड्नुपर्छ । सरकार यो गर्न तयार हो ? प्रधानमन्त्रीलाई मेरो प्रश्न छ ।

मेरो दोस्रो प्रश्न एउटा गोर्खा मिडिया नेटवर्क भन्ने छ । यसले पचासौँ करोड रुपैयाँ लिएर गएको छ । सुर्यदर्शन सहकारी, सुप्रिम सहकारी र सहारा सहकारीबाट । हाम्रो कानुनको दफा ३० ले भन्छ— नाफा कमाउने कम्पनीले लिन पाउँदैन । गैरकानुनी हो । यो कम्पनी सञ्चालन गर्ने मान्छेलाई फौजदारी संहिताले भन्छ अपराध भइहाल्यो । यसले पचासौँ लिएर गएको छ । यो कम्पनीको सेयर होल्डर को ? जीबी राई, रवि लामिछाने । मैले यहाँ पनि रवि लामिछानेको स्पष्टिकरण सुनेँ । त्यो प्रस्टीकरण ११ मिनेट ५३ सेकेन्डको थियो । त्यसपछि मेरा तीनवटा प्रश्न रहे । जो म प्रधानमन्त्रीलाई सोध्छु । २०७८ वैशाखदेखि ०७९ जेष्ठसम्म यसको सञ्चालक रवि लामिछाने पनि हुनुहुन्थ्यो । त्यो बेलामै सहकारीबाट दशौं करोड लगिएको छ । जबकी एक सुक्का पनि लान पाइन्न । यो कम्पनी अहिले डुबिसक्यो । स्पस्टीकरणमा भनिएको छ- मैले पैसा हालेको पनि छैन । मैले पैसा फिर्ता गरेको पनि छैन । बुटवलको सुप्रिम सहकारीबाट एक करोड रुपियाँ लिएर गएको छ । यो पनि गैरकानुनी छ । मैले फिर्ता लगिएको छैन भनिएको छ । कम्पनी रजिस्टारको कार्यालयमा तमसुक गरेर एक करोड असी लाख लिएर आएको सरकारी कागज बाहिर प्रमाणको रुपमा आएको छ । यो पनि गैरकानुनी छ ।

ग्यालेक्सी टीभी जस्ता कम्पनीले लिएर गएको पैसा छोडिदिने हो भने करोड होइन अरब होइन खरबौं रुपैयाँ छोड्नुपर्छ । किनकी प्रधानमन्त्रीले रोष्टममा उभिएर सुनाएको कार्यदलको रिपोर्टले नै के भन्छ भने यस्तै कम्पनीहरूमा गएर अर्बौँ रुपैयाँ पार्क भयो यस्ता कम्पनीहरूबाट पैसा जफत नगरिकन सककारी पीडितको पैसा फिर्ता गर्न सकिँदैन । अर्बौं रुपैयाँ छ । हजारौं मानिसको कुरा हो । एउटा व्यक्तिको कुरा होइन । यो अनुसन्धानको विषय बन्छ कि बन्दैन ?’प्रधानमन्त्रीलाई प्रश्न यही हुन्छ ।

प्रधानमन्त्रीले हिजो पोखरामा भन्नुभएछ— अनुसन्धान गर्ने हो । तर, हाम्रो प्रश्नको अनुसन्धान कसले गर्ने हो ? हामीले भर्खर सुन काण्ड हेरौं । प्रहरीले अनुसन्धान गर्दा शक्तिशाली मान्छेलाई लुकाउँदो रहेछ । भर्खर देखियो । प्रहरीले अनुसन्धान गर्दा कृष्णबहादुर महरा जस्ता नेताको त नाम पनि नलिने रहेछ । यहाँ त गृहमन्त्री आफै मुछिनु भएको छ । यसको अनुसन्धान कसरी हुन्छ ? हामीले विश्वास कसरी गर्ने हो ?, ।

जीबी राई लगायतको समूह छ जसमा दिपेश पुनलाई अहिले पक्राउ गरेर बुटवल लागिएको छ यो समूहले अर्बौ रुपैयाँ अपचलन गरेको छ । र त्यसमध्येको सबैभन्दा ठूलो पैसा ग्यालेक्सी टेलिभिजनमा गएको छ । र मैले थाहा पाएसम्म अरू थुप्रै शक्तिशाली नेताहरूको पनि नाम आउँछ । यदि राम्रोसँग अनुसन्धान हुने हो भने । त्यसैले अहिलेको प्रहरी प्रशासनले नियमति अनुसन्धान गर्न सक्छ भन्ने कुरा कसरी पत्याउने ? हाम्रो यत्ति नै मात्र माग हो । सहकारीमा जसले ठगी गरेको छ । निष्पक्ष ढंगले अनुसन्धान होस् । कुनै एउटा प्रमाण नास नहोस् । प्रहरीलाई पीडितहरुले जम्मा गरेर प्रमाण दिएका छन् । एउटा पनि प्रमाण नास नहोस् ।

जो मुछिएको छ ऊ आफैंले अनुसन्धान गर्छ भनेर हामीले कसरी पत्याउने ? प्रधानमन्त्रीबाट हामीलाई जवाफ चाहिएको छ । हामीलाई त्यस्तो कुनै ओठे जवाफ होइन । यो प्रधानमन्त्री बनाइ दिने टाइपको जवाफ होइन । जिम्मेवारी बोधको साथ जवाफ चाहियो । म यो सदनबाट मेरो मित्र माननीय गृहमन्त्रीजीलाई पनि आग्रह गर्न चाहन्छु । यसलाई टुंग्याउन दिऊ । दुधको- दुध पानीको पानी हुन दिऊ । नखाएको विषय लाग्नु हुँदैन । त्यसको पीडा मैले पनि भोगेको छु । यदि विष खाएको छैन भने लाग्नु हुँदैन । हामी कसैले पनि न्यायधीश बनेर तँ दोषी भन्न पाउँदैनौं । हामी कसैले भनेका छौं भने त्यो गलत हो भन्छु । यदि दोष छैन भने लाञ्छनाबाट मुक्ति पाउनुपर्छ । आरोपबाट मुक्ति पाउनुपर्छ । काम गर्न पाउनुपर्छ नयाँ आउनुभएको मन्त्रीलाई काम गर्न दिनुपर्छ । हामी दिन्छौं काम गर्न । तर विष खाएको छ भने विष लाग्छ ।

‘मेरो अन्य दलहरुलाई पनि आग्रह छ । यो कुनै राजनीतिक आग्रह होइन । यहाँ कुनै केही कुरा भत्काउनु छैन । कसैलाई हटाउनु पनि छैन । यहाँ सुप्रिम, इमेज, शिवदर्शन, सुर्यदर्शन जस्ता सयौं सहकारी पीडित तपाई हाम्रा मतदाता छन् । हजारौं छन् लाखौं छन् । तीनको पैसा फिर्ता गराउन सक्ने कि नसक्ने भन्ने तपाई हाम्रो प्रश्नको कुरा मात्रै हो । यो पैसा फिर्ता गराउने कुराको सन्दर्धमा अनुसन्धान सुरु भएको थियो । अब अनुसन्धान प्रभावित होला भन्ने डर लाग्यो ।

नेपाली कांग्रेसलाई संसद बन्द गर्नुछैन । आगलागीको विषय छ । गुठी पीडितको विषय छ । कति विषय उठाउनु छ हामीलाई यहाँ । यो संसद् सबैभन्दा बढी हामीलाई चाहिएको छ । तर, संसद्को त्यो (सत्ता पक्षको) रोष्टममा प्रधानमन्त्री चाहिएको छ । जवाफका साथ चाहिएको छ । हामीले खोजेको यति मात्रै हो ।

र अत्यमा सम्मानीय सभामुख महोदय भुटानी शरणार्थी प्रकरणको विषय थियो । ऊ त्यो रोष्टममा उभिएर बोलेको हुँ । खुट्टा नकमाउ सरकार । नेता होस् कि नाताको नछोड्नु भनेको हुँ । सुन काण्डका बेलामा नेकपा एमालेका साथीहरुले कुरा उठाउँर्दै गर्दा आयोग बनाउने कुरामा साथ दिएको हुँ । अस्ती भर्खर मात्रै अख्तियारले अनुसन्धान गरेको मन्त्रीलाई मन्त्रीबाट हटाउन भन्दै गर्दा घर पठाऊ दिउ भनेर बोलेको हुँ । तर यो बोल्दै गर्दा सत्ता पक्षमा थिएँ म । सिंगो सत्ता पक्ष उभियो कि उभिएन हेरिनँ मैले ।

आज म विश्वास गर्छु । मैले कुरा टुंग्याइसकेपछि सत्ता पक्षबाट कोही उठ्नु हुन्छ र बोल्नु हुन्छ र भन्नु हुन्छ — नक्कली भुटानी शरणार्थी प्रकरण, बाँसबारी छाला जुत्ता प्रकरण, टेरामेक्स, एनसेल, सुन काण्ड । एउटा काण्डमा पनि संलग्न भएको एक जनाले पनि उन्मुक्ति नपाओस् । दाहिने बस्ने होस कि देब्रे बस्ने होस् । कसैले नपाउओस् । नेता होस् कि नाता होस् कसैले नपाओस् । रुखको छाहरी मुनी बस्ने होस् कि घाम ताप्ने होस् कि हसियाँ हतौडा बोक्ने होस् कि घण्टी बचाउने होस् । कसैले पनि उन्मुक्ति नपाओस् भन्ने हिम्मत हामी राख्छौं कि राख्दैनौँ ।

अनि काण्डहरूको कुराकानी गर्दै गर्दा सहकारी काण्डमा पनि शक्तिशाली होस्, लोकप्रिय होस्, नयाँ होस् तर गल्ती गरेको रहेछ भने अपराधबाट मुक्ति नपाओस् । यति भन्ने हिम्मत हामी राख्छौं कि राख्दैनौं ? यो सदनलाई प्रश्न पनि हो यो । यो कुनै एउटा पक्षको कुरा होइन । सिंगो सदनमाथिको विवेकको प्रश्न हो । त्यसैले यस (सहकारी ठगी)को विषयमा हामी प्रधानमन्त्रीको जवाफ चाहन्छौं । सम्मानीय सभामुख महोदयलाई पनि मेरो अनुरोध छ- यो प्रश्नलाई यत्तिकै मर्न नदिउ । हामीलाई अनुसन्धान निष्पक्ष हुन्छ भन्ने कुरा विश्वास चाहिएको छ । प्रधानमन्त्रीले कसरी दिनुहुन्छ सुन्न चाहन्छौं ।

हामी कही कतै सरकारलाई अप्ठ्यारो पार्न चाहँदैनौ । सदनलाई अप्ठ्यारो पार्न चाहँदैनौं । सदन चल्ने मात्र होइन पहिलेभन्दा दुईगुना चलोस् । हामी साथ दिन चाहन्छौँ । हामीसँग हिड्न चाहन्छौं । के हामीले उठाएको प्रश्न नाजायज छ । यी नेपाली कांग्रेसका निजी प्रश्न हुन ? सडकमा बसेका सहकारी पीडितले पैसा फर्ता पाउनु पर्दैन ?तीनको पैसा पाउने अधिकार ग्यारेन्टी होस् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *