महरालाई पुर्‍याइयो सिआइबी कार्यालय

काठमाडौं। सुन तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) कार्यालयमा लगिएको छ।

भैरहवाबाट पक्राउ परेका महरालाई विमानस्थल हुँदै लाजिम्पाटस्थित सिआइवी कार्यालय लगिएको हो।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेपछि कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो। उनका छोरालाई सिआइवीले सोही अनुरुप नियन्त्रणमा लिएको हो।

उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *