‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकहरुको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ–नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना ल्याएको हो ।

मानिसको जीवनमा बाचुन्जेलसम्म जोखिम चलिनै रहने भएकाले मानिसको अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बीमाको माध्यमबाट न्यूनीकरण गर्न कम्पनीले सावधिक र आजीवनको विशेषता भएको “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना ल्याएको हो ।

बीमा अवधि समाप्ती पश्चात पनि जोखिम वहन गर्नुको साथै कम्पनीले बहन गर्ने जोखिम अन्तर्गत बीमितले चाहेको समयमा उक्त जोखिम वहन बापतको समर्पण मूल्य भुक्तानी लिनसक्नु यो जीवन बीमा योजनाको अर्को विशेषता हो ।

यस्ता छन् विशेषताहरु…

– १८ वर्षदेखि ६५ वर्षसम्म उमेर समूहका व्यक्तिले न्यूनतम ५ वर्षदेखि अधिकतम ५० वर्र्षसम्म अवधिको यो बीमा योजना लिन सक्नेछन् । बीमा समाप्तिमा अधिकतम उमेर ७० वर्ष रहेको छ, भने न्यूनतम  पच्चिस हजार  देखि आयश्रोतको आधारमा जति पनि बीमाङ्क रकमको बीमा गर्न सकिने छ ।

– बीमा शुल्क भुक्तानी तरिका छनोटको छुट वा थप शुल्क लाग्नेछ । यदि बीमालेख जारी गर्ने समयमा वार्षिक बीमा शुल्क भुक्तानी गर्ने तरिका छनोट गरेको छ भने बीमा शुल्कमा १ प्रतिशत छुट प्राप्त हुनेछ । तर, अर्धवार्षिक छनोट गर्दा छुट प्राप्त हुनेछैन । त्यसैगरी यदि बीमालेख जारी गर्ने समयमा त्रैमासिक बीमा शुल्क भुक्तानी गर्ने तरिका छनोट गरेको छ भने बीमा शुल्कमा ३ प्रतिशत थप लाग्नेछ भने मासिक छनोट गर्दा ६ प्रतिशत थप लाग्नेछ ।

ऋण तथा समर्पण सुविधाहरु…

–वार्षिक ३ किस्ता बीमा शुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ ।

–समर्पण मूल्य प्राप्त भएको बीमालेखमा समर्पण मूल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिनेछ ।

– बीमालेखको बीमा अवधि समाप्ति पश्चात पनि जोखिम बहन गरी रहने तर बीमितले चाहेमा, पूर्ण अवधि भुक्तानी भएको ५ वर्ष पूरा भैसकेपछि जुनसुकै समयमा समर्पण गर्न सकिने छ । यसको साथै बीमितले इच्छाइए अनुसार अग्रीम भुक्तानीको रुपमा उल्लेख भए अनुसार समेत भुक्तानी लिन सक्नेछ । । यसको लागि बीमितले बीमा शुरु गर्दाको समयमा नै कुन तरिकाको सर्भाइभल बेनिफिट लिने भनि उल्लेख गर्नुपर्ने हुन्छ ।

–बीमालेखको बीमा अवधि समाप्ति पश्चातको समर्पण गणना गर्दा शुरुमा नै उल्लेख गरेको सर्भाइभल बेनिफिट लिने तरिकालाई आधार मानि समर्पण मूल्य गणना गरिने छ तर यस्तो सर्मपण रकममा कर्जा प्राप्त हुने छैन । बीमा अवधि समाप्ति पश्चातको समर्पण तथा सर्भाइभल बेनिफिट सुविधा लिनको लागि म्याचुरिटीसम्मको सम्पूर्ण किस्ता समयमा नै भुक्तानी गरेको हुनुपर्ने छ ।

ऐच्छिक सुविधाहरु…

१. दुर्घटना मृत्यु लाभ सुविधाः

१८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम  एक करोड सम्मको दुर्घटना मृत्यु लाभ सुविधा लिन सकिने छ ।

२.बीमाशुल्क छुट तथा पूर्णअशक्तता लाभ सुविधा

१८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम  एक करोड सम्मको बीमाशुल्क छुट तथा पूर्णअशक्तता लाभ सुविधा लिन सक्ने छ ।

३. घातक रोग सुविधा

१८ वर्ष देखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम  पचास लाख सम्मको घातक रोग सुविधा लिन सक्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *