नेप्से परिसूचक आज मङ्गलवार १७ अङ्कभन्दा धेरैले घटेको छ । नेप्से आज १७ दशमलव १५ अङ्कले घटेर दुई हजार ६ सय ५० दशमलव ९७ विन्दुमा झरेको छ ।
आज होटल, बीमा र म्युचुल फन्डबाहेक अरू सबै कम्पनीको शेयर घटेको छ । यस्तै दुई सय २९ वटा कम्पनीका ६५ लाख २९ हजार कित्ता शेयर तीन अर्ब ३६ करोड ४२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको ३४ करोड २३ लाख रुपैयाँको शेयर किनबेच भयो ।
Artha Sanjal






