काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकका ग्राहकहरूले एटीएम (एटिएम) कार्डमार्फत गर्ने नगद कारोबारको सीमामा कडाइ गरेको छ।
राष्ट्र बैंकले हालै जारी गरेको ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ मार्फत नगद झिक्ने सीमा तोकेको हो।
नयाँ व्यवस्थाअनुसार अब बैंकका ग्राहकहरूले आफ्नो कार्ड प्रयोग गरी एक दिनमा अधिकतम ५० हजार रुपैयाँभन्दा बढी नगद झिक्न पाउने छैनन् ।
नयँ निर्देशनअनुसार डेबिट कार्डमार्फत एटीएमबाट प्रति कारोबार न्यूनतम ५०० रुपैयाँदेखि अधिकतम २० हजार रुपैयाँसम्म नगद झिक्न सकिनेछ भने दैनिक रूपमा अधिकतम ५० हजार रुपैयाँकाे सीमा ताेकिएकाे छ।
Artha Sanjal






