दुग्ध किसानका समस्या समाधानबारे सरकारसँग छलफल गर्छु : विनोद चौधरी

काठमाडौं । सांसद विनोद चौधरीले दुग्ध किसानका समस्या समाधानबारे सरकारसँग पहल गर्ने बताएका छन्। कांग्रेस नेतासमेत रहेका चौधरीले नवलपरासीका दुग्ध किसानका समस्या समाधानका लागि सरकारसँग छलफल गरिरहेको बताएका हुन्।

किसानलाई समस्यामा पारेर मुलुकको कृषि क्षेत्र अगाडि बढ्न नसक्ने उनको भनाइ थियो। कृषि क्षेत्र अगाडि बढ्न नसके देशको अर्थतन्त्रमा समेत असर पर्ने चौधरीले बताए।

‘किसानलाई हौसला प्रदान गर्नुपर्छ। अप्ठ्यारोमा पारेर कृषि क्षेत्र अगाडि बढ्न सक्दैन। किसानका समस्या समाधानका लागि व्यक्तिगल तर्फबाट सरकारसँग समन्वय र सहजीकरणका लागि पहल गर्ने छु,’ उनले भने।

दुधको बाँकी रकम भुक्तानी, लम्पी स्किनको क्षतिपूर्ति, नियमितरुपमा दुध खरिद गर्नुपर्ने लगायत माग राख्दै पछिल्लो समय दुध किसानहरू आन्दोलनमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *