गृह सचिवमा एकनारायण अर्याल

काठमाडौं। सरकारले गृह सचिवमा एकनारायण अर्याललाई सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दिनेश भट्टराईलाई प्रधानमन्त्री कार्यालयमा पठाएर अर्याललाई गृहमा सरुवा गरेको हो। यसअघि अर्याल प्रधानमन्त्री कार्यालयमा थिए।

अर्याल गृह प्रशासन बुझेका कर्मचारीको रूपमा चिनिन्छन्। सत्ता गठबन्धन परिवर्तन भएसँगै सरकारले सचिव परिवर्तन गरेको हो।

अर्यालले यसअघि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवं  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा  सचिवको रूपमा  रहेर पनि प्रभावकारी कार्य गरिसकेका  छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *