श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर मंगलवार देखि विक्री गर्ने भएको छ । संस्थापक शेयरधनी धर्मराज श्रेष्ठको नाममा रहेको ५० हजार कित्ता र ज्योति कुमार सरावगीको नाममा रहेको ५० कित्ता शेयर गरी कुल १ लाख कित्ता संस्थापक शेयर विक्री गर्ने जानकारी गरेको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा आइपुग्ने गरी आवेदन दिन कम्पनीले जानकारी गरेको छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुमा वितरण हुन नसेकेमा यो शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने जानकारी कम्पनीले जनाएको छ ।