कालिका लघुवित्तको २५ हजार ३३० कित्ता संस्थापक शेयर लिलामीमा विक्री

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ हजार ३३० कित्ता संस्थापक शेयर चैत १ गतेदेखि लिलामीमा विक्री खुला रहेको छ । कम्पनीले ६ जना सदस्यहरुको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीलाई दिई विक्री खुला गरेको हो ।

शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय पोखराको कास्कीमा लिखित जानकारी दिनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *