पशुपति आसपास भोलिदेखि ५ दिनसम्म मासु र मदिरा निषेध

काठमाडौं । शिवरात्रि मेलालाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालयमा भोलि फागुन २३ गतेदेखि ५ दिनसम्म पशुपतिनाथको मन्दिर आसपासको क्षेत्रमा मासु र मदिरा बेचबिखनमा निषेध गरेको छ।

काठमाडौं प्रशासनले एक सूचना जारी गरी गौशाला–मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला–तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क उमाकुण्ड गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणका क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थको ओसारपसार, बिक्री, भण्डारण र सेवनमा रोक लगाएको हो । यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुनबमोजिम कारबाही चेतावनी प्रशासनले दिएको छ।

शिवरात्रि फागुन २५ गते परेको छ। भोलिदेखि भने पशुपति क्षेत्रमा शिवरात्रि मेला सुरु हुँदैन।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *