डे-नाइट क्रिकेटको उपाधि एनएमबी बैंकलाई

भैरहवामा आयोजित डे-नाइट क्रिकेट प्रतियोगिताको उपाधि एनएमबी बैंकले जितेको छ । ग्लोबल आइएमई बैंकलाई सुपर ओभरमा १४ रनले पराजित गर्दै एनएमबीले उपाधि जितेको हो ।

सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर सुरुवाती व्याटिङ गरेको ग्लोबलले ५ ओभरमा ४ विकेटको क्षतिमा ६८ रन बनायो । ग्लोबलको लागि मनोज गैरेले सर्वाधिक ३१ रनको योगदान दिए । ग्लोबललाई ६८ रनमा रोक्न एनएमबीका राम नरेश गुप्ता र ओमकार श्रेष्ठले १-१ विकेट लिए ।

जवाफी व्याटिङमा ६९ रनको लक्ष्य पछ्याउने क्रममा एनएमबीले सुरुवाती ३ ओभरमा मध्यम सुरुवात गर्‍यो । पहिलो ओभरमा २० रन जोडेको एनएमबीले दोस्रो ओभरको दोस्रो बलमै अनुभवी खेलाडी रामनरेश गुप्तालाई ६ रनको स्कोरमा गुमायो । तेस्रो ओभरमा अर्का ओपनर अर्जुन पाण्डे २० रनको स्कोरमा पवेलियनको बाटो लागे । अन्तिम ओभरमा २० रन आवश्यक रहेको एनएमबिका लागि ओमकार र विवेकले १९ रन बनाउदै खेल बराबरीमा पुर्‍याएका थिए ।

सुपर ओभरमा गएको खेलमा राम नरेश गुप्ताको तुफानी २२ रनको पारीमा एनएमबीले ग्लोबललाई २५ रनको लक्ष्य प्रस्तुत गयो । जवाफमा २५ रनको लक्ष्य लिएर मैदान उत्रिएको ग्लोबलले मात्र १० बनायो र प्रतियोगिता एनएमबी बैंकले आफ्नो पक्षमा पार्न सफल भयो ।

खेल बराबरीमा पुगेपछि उपाधिका लागि दुबै टिमबीच सुपर ओभर खेलाइएको थियो, सुपरओभरमा धेरै रन बनाउदै एनएमबीले जित निकाल्यो ।

प्रतियोगिताको विजेता एनएमबीले २० हजार नगद, ट्रफी र प्रमाणपत्र उपविजेता ग्लोबलले १० हजार नगदसहित ट्रफी, प्रमाणपत्र पाएको छ । म्यान अफ द सिरिज एनएमबीका अर्जुन पाण्डे, नगद ५ हजार ट्रफीसहित प्रमाणपत्र, अनुशासित टीमबाट नबिल बैंक, बेष्ट ड्रेस अवार्ड कृषि विकास बैंक र पहिलो रजिष्ट्रेशन टिमबाट महालक्ष्मी विकास बैंक पुरस्कृत भए । उत्कृष्ट बलर एनएमबीका राम नरेश गुप्ता, उत्कृष्ट व्याट्समेन सिटिजनका अन्तिम थापा, उत्कृष्ट फिल्डर ग्लोबलका चन्द्रिका केवट पुरस्कृत भए ।

लियो क्लब अफ सिद्धार्थनगरको आयोजनामा भएको प्रतियोगितामा १२ बैंकको सहभागिता थियो । भैरहवा क्षेत्रमा पहिलो पटक २०५३ मा मेलवर्न क्रिकेट क्लब एमसीसीले यस प्रकृतिको प्रतियोगिता गरेको थियो, गत वर्ष लियो क्लब अफ सिद्धार्थनगरले सुरुवात गरेको प्रतियोगिता यस वर्ष निरन्तरता पाएको हो

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *