खाद्य व्यवस्था तथा व्यापार कम्पनीले घाँस बेच्दै

काठमाडौं। बागमती प्रादेशिक अन्तर्गत काठमाडौँको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालयले घाँस बेच्ने भएको छ । पर्वलाई लक्षित गरी खरिद गरेका जिउँदो खसी बोका, च्याङग्राहरुलाई खुवाउने बाँकी रहेको हरियो डाले घाँसको सिटा पात र घस्यौटा पतिङ्गर बेच्ने भएको हो ।

कम्पनीले २०८० सालको बडा दसैँ पर्वलाई लक्षित गरी खरिद गरेका जिउँदो खसी बोका, च्याङग्राहरुलाई किनेको हरियो डाले घाँसको सिटा पात र घस्यौटा पतिङ्गर परिसर सफा हुने गरी इच्छुक व्यक्तिले सात दिनमा लैजान सक्ने भन्दै सूचना प्रकाशन गरेको छ ।

सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालयमा नेपाली नागरिकताको प्रतिलिपि संलग्न गरी दर रेट खुलाई खरिदका लागि आवेदन पेस गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *