‘एनआईसी एसिया बैंक भन्छ,- ‘हामीले जोखिमभार घटाएका छैनौं, सबै हल्ला हो’

काठमाडौं । एन आई सी एशिया बैंकले विभिन्न सन्चार माध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति ध्यानाकर्षण गराएको छ।

बैंकले आज एक सूचना जारी गर्दै केहि सञ्चार माध्यमहरुमा बैंकको कर्जा असुली चिन्ताजनक रहेको, जोखिमभार घटाएको र सोही क्रममा राष्ट्र बैंकले छानबिन गरिरहेको र सोही सन्दर्भमा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेको राजीनामा आएको लगायतका विषयहरुमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण गराएको हो।

बैंकद्वारा जारी सूचनामा भनिएको छ ,- ‘हाल यस बैंकमा नेपाल राष्ट्र बैंकको नियमित वार्षिक सुपरीवेक्षण चलिरहेको र उक्त सुपरीवेक्षण नेपाल राष्ट्र बैंकको नियमित प्रक्रिया अन्तर्गत भएकोमा केही सञ्चार माध्यमहरुले कपोकल्पित रुपमा नेपाल राष्ट्र बैंकले यस बैंकको निरीक्षण गरिरहेको र सो क्रममा बैंकमा ठूला कमजोरी तथा कैफियतहरु पत्ता लगाइएको भन्ने उल्लेख गरी समाचारहरु प्रकाशित भएकोमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त समाचारहरु सम्पूर्ण रुपमा झुठा र आधारहिन रहेको तथ्य सम्बन्धित सबैको जानकारीको लागि प्रस्ट पार्दछौं।’

केहि दिन अघि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले राजीनामा बुझाएका थिए। यसै सन्दर्भमा पान्डे, प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, अध्यक्ष, सञ्चालकको र समग्र बैंकको प्रतिष्ठामा आच आउने गरि खबर सम्प्रेषण भएको भन्दै बैंकले आपत्ति जनाएको छ। साथै बाहिरीएका समाचारहरुवाट भ्रमित नहुन सम्बन्धित सबैमा आग्रह समेत गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *