नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । शुक्रबारका लागि अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४८ पैसा नेपाली रुपैयाँ र बिक्रीदर १२० रुपैयाँ ०८ पैसा नेपाली रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा, युरो एकको खरिददर १३९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ७५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा रहेको छ ।
युएई दिर्हम एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुवेत दिनार एकको खरिददर ३९६ रुपैयाँ २० पैसा र बिक्रीदर ३९६ रुपैयाँ १९ पैसा रहेको छ ।