बढ्याे सिटि होटलको आम्दानी

काठमाडौं । सिटि होटल लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको परिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार होटललको खुद नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १३ करोड २४ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको यस होटलले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ११ करोड ७९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ।

होटलको आम्दानी बढेसँगै खुद नोक्सानी घट्न पुगेको हो । समीक्षा अवधिमा होटलको सञ्चालन आम्दानी १४.६१ प्रतिशत बढेर २४ करोड ३० लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, होटलको कुल आम्दानी समीक्षा अवधिमा २४.९८ प्रतिशत बढेको छ भने कुल खर्च १८.३२ प्रतिशत बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा होटलको प्रतिशेयर आमदानी १४ रुपैयाँ १० पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ५० पैसा रहेको छ।

१ अर्ब ६७ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस होटलको अन्य इक्विटी ५ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *