एनआईसी एशिया बैंकका डेपुटी सीईओ पाण्डेले दिए राजीनामा 

काठमाडौं । एनआईसी एशिया बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) सुधिरनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार नै सीईओ रोशनकुमार न्यौपानेलाई राजीनामा बुझाएको स्रोतले जनाएको छ ।

उनको राजीनामा शनिबार बस्ने सञ्चालक समितिको बैठकले स्वीकृत गर्ने बैंकले जनाएको छ । पाण्डेको राजीनामासँगै अब सन्तोस राठी सिनियर डेपुटीमा बन्नेछन् । सीईओ न्यौपानेपछि उनै राठीलाई सीईओ बनाउने सञ्चालक समितिको भित्री तयारी रहेको स्रोतले जानकारी दिएको छ ।

२०४६ साल मंसिरमा तत्कालिन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका पाण्डेले विभिन्न बैंक तथा एनआईसी एशिया बैंकको विभिन्न विभागदेखि विभागीय प्रमुख हुँदै २०७५ मंसिरदेखि डेपुटी सीईओको रुपमा कार्यरत थिए।

पछिल्लो समय एनआईसी एशिया बैंकको वित्तीय अवस्था दिनप्रतिदिन खस्किँदै गइरहेको छ । त्यसैले पनि बैंकका उच्च पदस्थ कर्मचारीहरुप्रति सञ्चालक समितिको अत्यधिक दबाब बढेको छ । पाण्डेको राजिनामाको कारण पनि यहि हुनसक्ने बुझिएको छ ।

कुनै समय आफूलाई नम्बर वान दाबी गर्ने एनआईसी एशिया बैंकको छवी बिग्रदो गतिमा छ । अधिकांश वित्तीय परिसूचक समेत ओरालो लाग्न थालेको छ । ऋण उठाउन नसक्दा बैंकको खराब कर्जामा समेत वृद्धि भएको पछिल्लो वित्तीय विवरणले देखाएको छ।

संकटउन्मुख बन्दै एनआइसी एसिया बैंक : एकै पटक ५० शाखा बन्द गर्दै, बैंकको लगानी उच्च जोखिममा

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *