काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सरकारको बजेट नुवाकोट, डडेल्धुरा र चितवनमा मात्र गएको गुनासो गरेका छन्।
आज प्रतिनिधि सभा बैठकको शून्य समयमा धारणा राख्दै सांसद सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवन, कांग्रेस सभापति शेरबहादुर देउवाको जिल्ला डडेल्धुरा र अर्थमन्त्रीको जिल्ला नुवाकोटमा मात्र बटेट खन्याइएको आरोप लगाए।
उनले सरकारले नै विकास निर्माण अवरुद्ध गर्न खोजेको आरोप लगाए। ‘नुवाकोट, डडेल्धुरा र चितवनबाहेक ७४ जिल्लामा विकास भएको छैन, बहुवर्षीय ठेक्का रोकिएका छन्। ३ जनाको मात्र हो यो देश ? नुवाकोटमा २ खर्ब भन्दा बढीको आयोजना गएको छ। तीन नेताले चलाउने हो भने संसदमा बजेट किन ल्याउने?,’ उनले भने।







