मेगा बैंकको २०४औं शाखा कुलेश्वरमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका‍-१४, कुलेश्वरमा आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

कुलेश्वरमा खोलेको सहित बैंकले शाखा संख्या २०४ पुर्‍याएको छ । बैंकले यसै आर्थिक वर्षमा १७ वटा नयाँ शाखा विस्तार गरिसकेको पनि जानकारी दिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *